राप्रपाको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २४,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । बिहीबार (भोलि) हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि, राष्ट्रिय र प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ । राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्य र २८ जना प्रदेशसभा सदस्य रहेका छन् । बैठकले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

Like