नेपाललाई चौथो सफलता, मलेसिया १० विकेटले पराजित

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १६,

मुलुकमा आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ। लगातार चौथो जित हात पार्ने क्रममा नेपालले मलेसियालाई पराजित गरेको हो। मलेसिया १० विकेटले पराजित भएको हो। यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरमा पूरा गरेको हो। नेपालका लागि दिपक बोहोराले २९ बलमा ३८ रन बनाए अविजित रहे भने अजुन कुमालले २५ बलमा २१ रनबनाएर अविजित रहे। मूहम्मद हरिसानले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। दीपेशले ६० बल बलिङ गरेकोमा ५३ बल डट राखेका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनायो। मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । आकाश चन्दले ४ दशमलब ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिएका थिए। आकाशले २७ बल बलिङ गरेकोमा २० बल डट राखेका थिए। प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ। मिलन बोहोराले ९ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए। उनले ५४ बल बलिङ गरेकोमा ४८ बल डट राखेका थिए। सुवास भण्डारीले ९ ओभरमा ३२ रन खर्चिएर १ विकेट लिए। उनले ५४ बल बलिङ गरेकोमा ४० बल डट राखेका थिए।

Like