रोनाल्डोको ह्याट्रिक गोल
एजेन्सी,
साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलमा अल नसरले डामाकलाई हराएको छ। त्यसपछि खेलको ४४ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा नसरले ३-० को जित निकाल्यो। जितसँगै नसर १८ खेलमा ४३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। गए राति सम्पन्न खेलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराएको हो। खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गर्दै नसरलाई सुरवाती अग्रता दिलाएका थिए। २३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे।
Like