काङ्ग्रेस नेता चन्द्र भन्डारीको स्वास्थ्यमा सुधार

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ८,

सन्जिताको भनाई अनुसार हिजो राती अचानक गार्डले १२:२२ मा डाक्टरले बोलाएको छ तुरून्तै आउ आईविसियूमा भन्यो निद लाग्गा जस्तो अवस्थामा मुटु ढुक ढुक भयो किन यती वेला वोलाएको होला भनेर जुता चप्पल पनि नलगाई दौडिदै आईसियू पुग्दा त अन्य विरामीका कुरुवाहरू पनि देखे पछि सोघे सवैलाई बोलाएको हो ? कोही केही बोलेनन सवैले म तिर हेरे मात्र सवैभन्दा पहिला भित्र जान मलाई नै भन्यो भित्र जाँदा नयाँ डाक्टर डा. संदिप मित्राज्यू हुनुहन्थ्यो । वहाले चन्द्र दाईको वारेमा सवै कुरा वताउनु भयो ।
प्लेटलेट्स १,१२,००० वढेको छ । पिसावको मात्रा नर्मल छ । कल्चर रिपोर्ट २ दिन पछि आउँछ ।
सवै नर्मल छ । दाईले ईरिटेट भएर मुखको नली तान्नु भा रहेछ र अर्को फेरेछन र कृतिम अक्सिजन ६०% मा पुराएछ । मैले डा. लाई सोधे लगभग यस्तै सूचना अगि डा. प्रसान्त मात्रेज्यूले दिई सक्नु भो भन्दा वहाँले भन्नुभो म यो अस्पतालको नियमित डाक्टर होईन तर, अस्पतालले कुनै निर्णय लिनु भन्दा अगाडी सेकेण्ड ओपिनियन लिन्छ तेई सेकेण्ड ओपिनियनको जानकारी हो भन्दा मैले पुन: सोधे Is these any problem for the second opinion ? वहाँको उत्तरले मेरो मन बल्ल शान्त गर्यो । वहाँले भन्नु भयो भोली तिम्रो विरामीलाई कृतिम (भेन्टीलेटेड) अवस्थावाट हटाई ट्रायल का लागि भेन्टीलेटरवाट हटाउने भएका कारण I am here to provide Second opinion before take final decision as expert from outside भोली हामीले त्यो गर्ने निर्णय गर्यो भन्नलाई तिमीलाई बोलाएको भन्नु भयो । ६०% अक्सीजन केही समयका लागि मात्र बढाईएको थियो चन्द्र दाईले इरिटेट भई पाइप तानेका कारण अन्यथा होईन । सवै नर्मल छ ।
अन्य जानकारी केही समय पछि पुन: अपडेट गर्नेछु ।
अस्पताल परिसरवाट पठाएको समाचार अनुसार हो ।

Like