शिवरात्रिमा मात्रै खुल्ने भक्तपुरका शिवालयहरु

Share to:

रासंसा/भक्तपुर, फाल्गुन ७,

मुलुकमा भक्तपुरमा धेरै शिवका मन्दिरहरु (शिवालय) हरु छन्, जुन शिवरात्रिमा मात्रै खुल्ने गर्दछन्। ती मन्दिरहरुमध्ये सबैभन्दा बढी चर्चित शिव मन्दिर हो, जिल्लाको सिपाडोलमा रहेको प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव। वार्षिक कार्यक्रम अनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुल्ला गरिने चलन रहेको छ। महादेवको पूजाआजा गरी धुमधामका साथ मनाइने शिवरात्रीको अवसरमा भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, भक्तपुर नगरको दतात्रय, चाँंगुनारायणको यातु महादेव, सुवर्णेश्वर, अनन्तलिङ्गेश्वर, आशापुरीलगायतका शिवालयहरूमा भक्तजनको घुइँचो लाग्छ। तर ती महादेवहरु सदा झैँ खुल्ला नै हुन्छ। यसबाहेक भक्तपुर नगरका विभिन्न शिवालयहरु शिवरात्रीको दिन मात्रै खुल्ने गरिन्छ। यही कारण शिवरात्रीको अवसरमा डोलेश्वर महादेव मन्दिरमा भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने व्यवस्था छ। अन्य दिन पुजारीमार्फत पूजा गर्ने यस मन्दिरमा वर्षको तीन दिन भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गराउने परम्परा रहेको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाए अनुसार डोलेश्वर महादेव मन्दिरमा अक्षय तृतीया, डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेको दिन भदौ ६ गते पनि भक्तजन मन्दिरभित्र प्रवेश गरी स्वयमले पूजा गर्न पाइने व्यवस्था रहेको छ। इतिहासका अध्येता जीआर रञ्जितका अनुसार शिवरात्रिमा मात्रै डोलेश्वरका साथै भक्तपुर नगर झण्डै आधा दर्जन शिवालयहरु शिवरात्रिमा मात्रै खुल्ने गर्दछन्। दतात्रय नजिकैको विश्वेश्वर महादेव, इनाचोको गुप्तेश्वर महादेव, सुकलढोका नजिकैको रत्नेश्वर महादेवलगायतका महादेवमा शिवरात्रिमा मात्रै ढोका खोल्ने गरिन्छ। डोलेश्वरलगायतका यी महादेवका मन्दिरहरुमा शिवरात्रिका दिन भारतका विभिन्न स्थान तथा नेपालका विभिन्नस्थानहरुबाट साधुसन्त आउने गर्दछन्। नागा बाबा, भंगी, जोगी र अघोरी बाबालगायतका साधुसन्तले मन्दिरको क्षेत्रमा रोमाञ्चकका छाउने भएकोले रमाइलो मानी हेर्नेहरुको पनि उतिकै भीड लाग्छ। यी मन्दिरहरुमध्ये परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ डोलेश्वर महादेवमा हुने गर्दछ। इतिहासका अध्यता रञ्जितका अनुसार शिवरात्रीको दिन एक ब्याधाले सिकार गर्न एक रुखमा चढेर यताउता हेरिरहेको बेला रुखको पात टिप्दै फ्याँक्दै गरे। संयोगले त्यो रुख बेलपत्रको रुख रहेछ। यसरी बेलपत्रको पात रुखको मुनि रहेको शिव लिङ्गमा पर्नाले शिव खुसी भई दर्शन दिन्छन्। ब्याधाले भगवान शिवलाई देखेर प्रणाम गरे। ब्याधाको मनमा करुणा जागेर आफुले जीवनभरि सिकार गरेको पापको क्षमा माग्न पुग्दछ। तब शिवले ‘तिमीले कुनै पाप गरेको छैनौ। विकास समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नको लागि दाउराको व्यवस्था गर्ने गर्दछ। जो मान्छेले आफ्नो कर्म गर्छ, त्यसलाई धर्म भनिन्छ र जसले आफ्नो कर्म गर्दैन त्यसलाई पाप भनिन्छ। तिम्रो कर्म भनु नै सिकार गर्नु हो। तसर्थ तिमीले कुनै पाप कार्य गरेको छैनौ’ भनेछन्। यसरी भगवान शिवले पाप र धर्मको सरल अर्थ बताएको दिनलाई शिवरात्रीको रुपमा मनाउने रञ्जित बताउँछन्। यही अवसरमा यसै रात आ आफ्नो चोकहरुमा, मन्दिरहरुमा आगो बाली शिवमा समर्पित गर्ने गर्दछ र एक हजार पटक ‘शिव शिव शिव’ भनेर उच्चारण गरेर भगवान शिवलाई प्रसन्न पार्ने जनविश्वास रहेको छ।

Like