रासंसा/भक्तपुर, माघ २०,
विक्रम संवत् १९९३ सालमा यस भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ टोलमा स्थापित श्री श्यामसुनन्दर रास भजन घरमा नित्य
भजन कीर्तनका साथै विभिन्न धार्मिक अनुष्ठानहरू भइआएको सर्वविदितै छ । वि.सं. २०७२ सालको महाभूकम्पले यो भजन घरलाई
ठूलो क्षति पु¥याई बस्न नहुने अवस्था भयो । यसलाई जगैदेखि भत्र्काइ पुनर्निर्माण गर्नुपर्ने अवस्था सिर्जना भयो । तसर्थ यसै भजनका
भजनीया डा.इन्दुल के.सी.को अध्यक्षतामा यो भजन घर पुनर्निर्माण समिति गठन भयो । उक्त समितिको सक्रियतामा प्राविधिकबाट
इष्टिमेट रू.१,५०,००,०००।– (एक करोड पचास लाख) को भक्तपुर नगरपालिकाबाट नक्सा स्वीकृत गराइयो । विभिन्न भक्तजन, दाताहरू, संघसंस्थाहरूबाट केहि आर्थिक सहयोग सङ्कल गरियो । मुख्य रूप पुरातŒव विभाग – दरबार हेरचाह कार्यालय,भक्तपुरको आर्थिक सहयोगमा ठेकेदारमार्फत यो चार तले भजन घर पुनर्निर्माण कार्य सुसम्पन्न भयो । तर यस भजन घरमा आवश्यक प्रत्येक तल्लामा साविकबमोजिम कोठा बार्ने, विद्युत वाइरिङ गर्ने, रङरोगन गर्ने, धारापानी र शौचालयसमेतको काम उक्त कार्यालयबाट हुन बाँकी छ । साविक श्रीकृष्ण भगवान्, राधा र रुक्मिणीको कलात्मक सुन्दर मूर्ति पहिलेकै स्थानमा पुनर्प्रतिस्थापन गरी विक्रम संवत् २०७७ साल श्रीकृष्ण जन्माष्टमीको दिनदेखि यस भजन घरमा भक्तजनहरूबाट नित्य भजन कीर्तनलगायत समयसमयमा धार्मिक सतसंग, पर्वपूजा, प्रवचन, कथावाचन आदि कार्य सञ्चालन भइआएको छ ।