अब विकासको युग सुरु भयो: ऊर्जामन्त्री लिङ्देन

Share to:

रसंसा/काठमाण्डौ, माघ ८,

मुलुकमा उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन्। ‘अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ’, उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका उनले भने, ‘चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु।’ २८५९ औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Like