राष्ट्रिय योग दिवसका सन्दर्भमा यौगिक क्रियाका वैशिष्ट्य कार्यक्रम २०७९ सम्पन्न
रासंसा/काठमाण्डौ, पौष २९,
मुलुकमा त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रीय विभागद्वारा आयोजित योग दिवसका सन्दर्भमा यौगिक क्रियाका वैशिष्ट्य कार्यक्रम २०७९ सपन्न भयो । कार्यक्रम त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रीय विभाग विभागीय प्रमुख डा. माधव प्रसाद उपाध्यायको सभापतित्व तथा मानविकी तथा सामाजिक शास्त्र संकाय डीन प्रा. डा. कुसुम शाक्यको प्रमुख आतिथ्यतामा विभागको केन्द्रीय हलमा स्वास्थ्य जीवनको चाहना योग, शिक्षा र साधना मूल नाराकासाथ सम्पन्न भएको हो । कार्यक्रममा त्रि वि क्याम्पस प्राचार्य प्रा. डा. धानेद्र बहादुर राई तथा पुर्व विभागीय प्रमुख नारायण प्रसाद गौतमको उपस्थिति थियो । यस्तै अतिथिहरुमा समाजसेवी साधक महेश मोदी, देवीलाल अग्रवाल, वरिष्ठ पत्रकार तथा समाजसेवी के. बि. सम्राट, समाजसेवी माता भद्रकालीको उपस्थिति थियो । कार्यक्रम प्रमुख अतिथि तथा विशेष अतिथिबाट स्वस्ति वाचनकासाथ दीप प्रज्वलन गर्दै भएको थियो । स्वस्ति वाचन गोविन्द घिमिरे तथा रोहिणी तिमिल्सिनाले गरेका थिए । कार्यक्रमको स्वागत मन्तब्य ब्यक्त गर्दै प्रा. डा. नारायण गौतमले योग स्वास्थ्यको एक प्रतिक हो जसले रोग ननिम्त्याउने संकेत गर्दछ भन्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय योग प्रोटोकल अभ्यासका साथै भजन प्रस्तुत गरिएको थियो । साधक समाजसेवी महेश मोदीले योगले म मरण अवस्थामा पुगेको पनि आज आएर योगले यहाहरुसंग संगै बस्न र मन्तब्य दिन पाउदा कति खुशी भएको हुला सबैले सोचौ भन्दै योग सबैले गरौ र अरुलाई पनि गराऔं ब्यक्त गर्नुभयो । प्रमुख अतिथिको आसनबाट मानविकी तथा सामाजिक शास्त्र संकाय डीन प्रा. डा. कुसुम शाक्यले आज मलाइ नै योग प्रोटोकल देखेर अचम्म लागेको छ जसले गर्दा मलाइ अरु हौसला मिलेको छ भन्दै यो विभागले राष्ट्रिय यो दिवसको संघारमा यस किसिमको कार्यक्रम आयोजना गरेर विश्व विद्यालयलाई थप जागरण तथा उत्साह प्रदान गरेकोमा आयोजक विभागलाई धन्यबाद दिनुभयो । कारक्रमको अन्त्यमा सभापतिको आसनबाट त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रीय विभाग विभागीय प्रमुख डा. माधव प्रसाद उपाध्यायले डा. टिपी धमला, डा. आनन्द गैरे लगायात योग प्रशिक्षकला विशेष धन्यवाद दिदै त्रिविले उहाहरुलाई न त नियुक्ति गरेको छ न त उहाहरुको लागि पारिश्रमिक नै तय गरिएको छ, त्रि वि को परिवार सदस्य विहिन नै योग संचालन गराएर स्नाकोत्तर प्रवेश ल्याउनु नै उहाहरुको ठुलो देन रहेको बताउदै त्रि वि ले स्नाकोत्तारको अनुमति दिए संचालन गर्ने थियौ भन्नुभयो । उपथित सबैलाई उपस्थिति भएर कार्यक्रम सम्पन्न गराउनु भएकोमा धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रम डा. टिपी धमलाले निकै सौहार्द बातावरणमा सभ्य र भब्यताकासाथ अनुशाशित रुपले संचालन गर्नुभएको थियो ।