नेमकिपाकी सृजना सायजुको बागमती प्रदेशको सभामुखमा उम्मेदवारी दर्ता
रासंसा/मकवानपुर, पौष २८,
मुलुकमा बागमती प्रदेशको सभामुखमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छन्। उनले नेपालको संविधानको धारा १८२ एवं प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेशसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। ११० सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ५६ सांसदको आवश्यकता पर्छ। उनको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र राज गोसाई र समर्थकमा गीता काफ्ले रहेका छन्। कांग्रेसका ३७,नेकपा एमालेका २७,माओवादी केन्द्रका २१,राप्रपाका १३,नेकपा एसका ७,नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
Like