संसद बैठक दिउँसो १ बजेलाई सर्‍यो

Share to:

रासंसा/काठमाण्डौ, पौष २६,

मुलुकमा बिहान ११ बजे बस्ने तय भएको संसदको बैठक दिउँसो १ बजेलाई सारिएको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठक र संसदीय दलको बैठकका कारण संसदको बैठक दुई घण्टा पछि सारिएको हुन सक्ने अनुमान छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ। कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ। संसद सचिवालयका अनुसार निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ। आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ।

Like