सिंगै हाउस विश्वासको मतको पक्षमा खडा हुन्छ : प्रधानमन्त्री

Share to:

रासंसा/काठमाण्डौ, पौष २५,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअभिमत अनुसारको सरकार बनेको बताएका छन्। सरकारको न्यूनतम कार्यक्रम सार्वजनिकी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो सरकारलाई सफल बनाउन सहयोग गर्न सरकारका सचिवहरूलाई अनुरोध गरेका हुन्। देश केहीँ अफ्ठ्यारोमा भए पनि देशको अर्थतन्त्र सम्हालिने ठाउँमा रहेको उनको भनाइ छ। उनले यही सरकारले देशको मुहार फेर्नसक्ने दाबी गरे। प्रचण्डले प्रधानमन्त्री निरिह भएर बस्ने अवस्थाको कल्पना संविधानले नगरेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनमा भिन्न राजनीतिक एजेण्डा भए पनि सरकारको न्यूनतम कार्यक्रममा एकबद्ध हुन्छौं। साझा कार्यक्रम बेवारिसे हुन दिने छैनौं। पहिलेको जस्तै हो भन्ने नठान्दिनुहोला।’ उनले सिंगो सदनले आफूलाई विश्वासको मत दिने प्रधानमन्त्री प्रचण्डको दाबी छ। ‘सिंगै हाउस विश्वासको मतको पक्षमा खडा हुन्छ। कोही पनि विपक्षमा रहँदैन। केपी ओलीज्युले पनि त्यतैतिर संकेत गर्नुभयो। भोलि हेरौं,’ उनले भने। उनले विश्वासको मत जति आए पनि सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम दृढताका साथ अगाडि बढ्ने बताए।

Like