विराटनगरलाई काठमाडौंले दियो १५५ रनको लक्ष्य

Share to:

रासंसा/काठमाण्डौ, पौष २३,

मुलुकमा नेपाल टी २० लिगअन्तर्गत शनिबार जारी पहिलो खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई एक सय ५५ रनको लक्ष्य दिउँको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले ६ विकेटको क्षतिमा एक सय ५४ रनको योगफल तयार गर्यो। कप्तान ज्ञानेन्द्र मल्ल १३ बदमा २२ जोडेर अविजित रहे। यस्तै, बासिर अहमद पनि आठ बलमा १७ रनसहित नट आउट रहे। काठमाडौंका लागि ओपनर सन्तोष कार्कीले ३४ बलमा ३४ रनको जोडेका थिए। चौथो नम्बरमा क्रिजमा उत्रिएका एलेक्स ब्लेकले २६ बलमा ३४ रन बनाएर पेभेलियन फर्किँदा सन्दीप रजालीले २४ बलमा ३४ रनको योगदान गरे। विराटनगरका लागि राज नननले चार ओभरमा एक मेडनसहित चार विकेट लिँदा १३ रन मात्र खर्चिए। यस्तै कप्तान रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट लिए।

Like