विरोध प्रदर्शनका बीच पेरुका नयाँ राष्ट्रपतिले निर्वाचन गराउने सङ्केत

Share to:

एजेन्सी,

विश्वमा पेरुका नव निर्वाचित राष्ट्रपति डिना बोल्वार्टेले आगामी निर्वाचन निर्धारित समयभन्दा अगावै हुन सक्ने सङ्केत गरेकी छन् । यदि परिस्थिति अनुकूल भयो भने सरकारले चुनाव अगाडि सार्ने गरी कङ्ग्रेसका राजनीतिक र लोकतान्त्रिक शक्तिहरूसँग वार्ता गर्ने सम्भावना रहेको उनले बताएकी छन् । पेरुको अरेक्विपा, इका र ट्याक्ना क्षेत्रहरूमा पान–अमेरिकन राजमार्गको केही भागहरूमा विरोध प्रदर्शन भइरहेका बेला प्रारम्भिक चुनावमा बोलुआर्टेको टिप्पणी सार्वजनिक भएको हो । त्यहाँ स्थानीयहरूले कास्टिलोको गिरफ्तारीको विरोधमा ढुङ्गा, लाठीसहित टायर बालेर सडक अवरुद्ध गरेका छन्। बोल्वार्टेले बुधबार पदभार ग्रहण गर्दै कङ्ग्रेसले उनको पूर्ववर्ती पेड्रो कास्टिलोलाई विधायिका भङ्ग गर्ने असफल प्रयासको गरेको केही घण्टापछि महाभियोग लगाएको थियो । सुरक्षा बलद्वारा हिरासतमा रहेका कास्टिलोले यसअघि विपक्षी नेतृत्वको कङ्ग्रेसले अनुमोदन गरेको महाभियोग प्रस्ताव आफू विरुद्ध राजनीतिक खेलको हिस्सा भएको टिप्पणी गरेका थिए ।

Like