आक्रामक फ्रान्स, संगठित इङ्ल्यान्ड

Share to:

एजेन्सी,

विश्वमा कतारमा जारी विश्वकपमा शनिबार राति इङ्ल्यान्ड र फ्रान्स क्वार्टरफाइनलमा आमनेसामने हुँदैछन्। दुवै टिम बलिया छन्, यस अर्थमा यसैले जित्ला भन्ने अनुमान गर्न पनि कठिन छ। दुवै टिम आफ्नो समूहका विजेता बन्दै अन्तिम १६ मा आइपुगेका थिए। साबिक विजेता फ्रान्स पोल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो भने इङ्ल्यान्ड सेनेगललाई हराएर अन्तिम आठमा आइपुगेको हो। सन् १९८२ मा पछिल्लो पटक विश्वकपमा आमनेसामने हुँदा फ्रान्स फेरि एक पटक ३–१ को नतिजामा पराजित भएको थियो। तर, सन् १९९७ यता आठ पटक इङ्ल्यान्डसको सामना गर्दा फ्रान्स एक खेल मात्र पराजित भएको छ। त्यसबाहेक पाँच खेलमा जित र दुई खेलमा बराबरी खेलेको छ। यी दुई टिमबीच अन्तिम भेट सन् २०१७ मा मैत्रीपूर्ण खेलका क्रममा भेट भएको थियो। त्यो खेलमा ३–२ ले फ्रान्स विजयी भएको थियो। यसअघि विश्वकपमा भएका दुवै भेटमा इङ्ल्यान्ड विजयी भएको छ। तर, फ्रान्स पछिल्ला आठमध्ये एक खेलमा मात्रै इङ्ल्यान्डसँग पराजित भएको छ। यसअघि सन् १९६६ मा विश्वकपमा भएको भेटमा इङ्ल्यान्ड २–० ले विजयी भएको थियो। कतारमा इङ्ल्यान्ड आक्रमण प्रभावशाली छ। गेराथ साउथगेटको टिमले कतारमा खेलेका चारमध्ये तीन खेलमा १२ गोल गरेको छ। इरान, वेल्स र सेनेगलविरुद्ध इङ्ल्यान्डले कम्तीमा तीन गोल गरेको थियो। समूह चरणमा अमेरिकासँग गोलरहित बराबरीमा अल्झिएको इङ्ल्यान्डका लागि अन्तिम १६ मा सेनेगलविरुद्ध जोर्डन हेन्डरसन, बुकायो साका र ह्यारिकेनले गोल गरेका थिए। चार वर्षअघि च्याम्पियन बनेको फ्रान्स सेमिफाइनलमा पुग्न चाहन्छ। अन्तिम आठमा पुग्दासम्म डिडियर देस्च्याम्पको टिम सर्वाधिक ७५ प्रहार गर्ने टिम हो। उत्कृष्ट लयमा रहेका किलियान एम्बाप्पे इङ्ल्यान्डविरुद्ध पनि गोलको खोजीमा हुनेछन्। चार खेलमा पाँच गोल गरिसकेका एम्बाप्पेले एक गोल गरे विश्वकपमा मेसीसँग कुल गोलमा बराबरी गर्नेछन् भने क्रिस्टियानो रोनाल्डोभन्दा एक गोल धेरै गर्नेछन्। उनले दुई विश्वकपमा आठ गोल गरिसकेका छन्। इङ्ल्यान्डको आक्रमण मात्रै होइन, रक्षापंक्ति पनि बलियो देखिएको छ। पहिलो खेलमा इरानविरुद्ध ६–२ को नतिजा निकालेको इङ्ल्यान्डले त्यसयताका खेलमा गोल खाएको छैन। गोलकिपर जोर्डन पिकफोर्डको डिफेन्डर ह्यारी मग्वाएर र जोन स्टोन्ससँग सन्तुलन उत्कृष्ट छ। एन्टोइन ग्रिजम्यान र ओस्माने डेम्बेलेको उत्कृष्ट सहयोग पाइरहेका २३ वर्षीय एम्बाप्पे इङ्लिस टिमका लागि सबैभन्दा चिन्ताको विषय हुन्। देस्च्याम्पको टिम सन् २००६ मा ब्राजिलपछि क्वार्टरफाइनलमा पुग्ने पहिलो साबिक विजेता बनिसकेको छ। अर्कातिर साउथगेट दुई इङ्ल्यान्डलाई दुई पटक सेमिफाइनल पुर्‍याउने पहिलो प्रशिक्षक बन्ने होडमा छन्। शनिबार राति गोल्डेनबुट दौडमा अगाडि रहेका एम्बाप्पेलाई रोक्ने जिम्मेवारी पाउने काइल वाल्कर दुवै टिम राम्रो भएको बताउँछन्। ‘हामी विश्व विजेतासँग खेल्दै छौं, तर हामी दुई राम्रा टिम खेल्ने छौं र व्यापक प्रतियोगिता हुनेछ,’ इङ्लिस राइट ब्याक वाल्कर भन्छन्, ‘९० र थप समयमा जे पनि हुन सक्छ।’ जारी विश्वकपमा अप्रत्याशित नतिजा भइरहेको बताउँदै यो खेल पनि त्यसकै एक उदाहरण हुने उनले बताए। युवा सनसनीपूर्ण खेलाडी बेलिङ्घमको भूमिका इङ्ल्यान्डका लागि महत्त्वपूर्ण हुनेछ। उनले हालसम्मका खेलमा आफ्नो टिमका अन्य खेलाडीभन्दा धेरै पटक बल पोसेसन जितेका छन्। जारी प्रतियोगितामा इङ्ल्यान्डका लागि पहिलो गोल गरेका बेलिङ्घमले सेनेगलविरुद्ध पहिलो गोलका लागि जोर्डन हेन्डरसनका लागि पास दिएका थिए। फ्रान्सविरुद्धको खेलमा इङ्ल्यान्डका लागि उनको प्रदर्शन महत्त्वपूर्ण रहनेछ। गोल गरेर मात्रै होइन, जिरुडका लागि अशिष्ट गरेर पनि खेलमा निर्णायक बन्ने क्षमता एम्बाप्पेसँग छ। यसअघि अन्तिम १६ मा उनले त्यसको उदाहरण देखाइसकेका छन्। र, एम्बाप्पे र डेम्बेलेको सहयोगमा फ्रान्सका सर्वाधिक गोलकर्ता जिरुड कति घातक हुन सक्छन् भन्नेमा इङ्ल्यान्ड जानकार छ। एम्बाप्पेले मात्रै जिरुडको भन्दा धेरै गोल गरेका छन्। पाँच गोल गरिसकेको एम्बाप्पे इङ्लिस डिफेन्डरको कडा निगरानीमा हुँदा त्यसको फाइदा जिरुडले उठाउन सक्छन्।

Like