लिङ्देनको उद्घोष पाँच पटकसम्म प्रधानमन्त्री हुँदा देश नबनाउनेले अब पनि बनाउँदैनन्

Share to:

रासंसा/गोर्खा

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले अहिलेसम्म देशका लागि केही नगरेको आरोप लगाएका छन्। गोरखा २ को पालुङ्टारमा आयोजित चुनावी सभामा बोल्दै उनले यिनीहरूबाट देश बन्दैन भन्ने जान्दाजान्दै अमूल्य मत खेर नफाल्न आग्रह गरे। उनले पाँच पटकसम्म देउवा प्रधानमन्त्री हुँदा देश विकास नगरेको र अब पनि नगर्ने बताएका हुन्। ‘गठबन्धनले सरकार बनाउने मौका पाएछन् भने प्रधानमन्त्री बनाउने को हो भन्नुस् त ? शेरबहादुर देउवा होइन ?’, उनले भने, ‘उहाँ ७९ वर्षको उमेरमा अहिले पाँचौचोटी प्रधानमन्त्री हुनुहुन्छ। के अब ८० वर्षको भएपछि छैठौंचोटी प्रधानमन्त्री बन्दा यो देश बन्छ त,’ उनले प्रश्न गरे। अहिलेको व्यवस्थाले परिवर्तनको नाममा एउटा राजा हटाएर सयौँ राजाहरू जन्माएको उनको तर्क थियो।

Like