‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत माओवादीले ल्यायो
रासंसा/काठमाण्डौ, कार्तिक १६,
मुलुकमा नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै माओवादीले पहिलो पटक र्याप गीत ल्याएको हो । माओवादी एजेण्डालाई र्याप गीतमा प्रस्तुत गरेर युवालाई आकर्षण गर्न ल्याएको हो । नयाँ शैलीको गीत सार्वजनिक भएपछि माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालमा राखेर सेयर गरेका छन् । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरू गीतमा प्रस्तुत गरिएको छ ।
Like