प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम किन हट्यो बन्दसूचीबाट

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ९,

मुलुकमा निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।

Like