प्रधानमन्त्री देउवाको भोट माग्ने तरिका, संविधान जोगाउन रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडामा भोट हालौँ
रासंसा/काठमाण्डौ, कार्तिक ५,
मुलुकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान जोगाउने शक्तिलाई जनताले जिताउन पर्ने बताएका छन् । उनले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको दाबी गरे । आशन्न निर्वाचनपछि गठबन्धन दलकै सरकार बन्ने उनको भनाइ छ । ‘विकास र परिवर्तनका लागि यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ,’ उनले भने । रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे । विराटनगरमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन बनाएर अहिले चुनावी मैदानमा उत्रिएको बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्ने बताए ।