मागभन्दा बढीको सान्जेनको आईपीओमा आवेदन

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २२,

मुलुकमा सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय (रसुवा) वासीका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा बढीको आवेदन परेको छ। १८ हजार ६७३ जनाले ३८ लाख एक हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन्। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ। कम्पनीका अनुसार शुक्रबार साँझसम्म ३८ लाख एक हजार कित्ताका लागि आवेदन परेको छ। कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिने सकिने छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। सो अवधिमा माग अनुसारको आवेदन परेन। त्यसपछि असोज ४ गतेसम्मका लागि समय थप भएको थियो। कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र यसको सह-निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल तथा एनएमबी क्यापिटलले गरिरहेका छन्। कम्पनीले रसुवाको आमाछोदिङ्मो-५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।

Like