आफ्ना माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्न इरान तयार

Share to:

एजेन्सी,

विश्वमा इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने बताएका छन्। भियना वार्तामा सहभागीहरूको राजनीतिक निर्णयको पर्खाइमा रहेको संयुक्त व्यापक कार्य योजना (जेसीपीओए) को रूपमा चिनिने आणविक सम्झौतालाई पुनर्जीवित गर्ने निर्णयको मस्यौदा निर्णयको ‘अन्तिम पाठ’ ईयूले सोमबार प्रस्तुत गरेको छ। सन् २०२१ को अप्रिलमा अस्ट्रियाको राजधानी माल्दिभ्समा सुरु भएको वार्ता तेहरान र वासिङ्टनबीचको राजनीतिक मतभेदका कारण मार्चमा स्थगित भएको थियो। नाम सार्वजनिक नगर्ने सर्तमा ती कूटनीतिज्ञले भने, ‘इरानले आईएईए सुरक्षासम्बन्धी राजनीतिक दाबीको समाधान गर्ने, इरानमाथिको प्रतिबन्ध हटाउने र आणविक वार्ताको अन्त्यमा सम्भावित सम्झौतामा पुग्ने ग्यारेन्टी दिनेलगायत इरानका विभिन्न माग पूरा गर्न इरानको ‘विश्वसनीयता’ भए नभएको हेर्ने प्रस्तावहरूको पुनरावलोकन गरिरहेको छ।’ सन् २०१५ को जुलाईमा इरानले विश्व शक्तिराष्ट्रहरूसँग जेसीपीओएमा हस्ताक्षर गरेको थियो र इरानमाथिको प्रतिबन्ध हटाउने शर्तमा आफ्नो आणविक कार्यक्रमलाई रोक्न सहमत भएको थियो। पाँच महिनाको अन्तरालपछि बिहीबारदेखि शुरु भएको पछिल्लो चरणको वार्ता सोमबार टुङ्गिएको हो। यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई सम्झौताबाट फिर्ता गर्दै तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो। जसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिन प्रेरित गरेको छ।

Like