ममता बेनर्जी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगकाे भेटवार्ता
एजेन्सी,
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन्। प्रधानमन्त्री निवासमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच बस्तु तथा सेवा करका बारेमा छलफल भएको अधिकारीहरूले जनाएका छन्। त्रिमुल काँग्रेस पार्टीकी प्रमुख समेत रहेकी बेनर्जीले बिहीबार आफ्नो पार्टीबाट संघीय संसदमा निर्वाचित नेताहरुसँग बैठक गरेकी थिइन्। आफ्नो पार्टीका सांसदहरूसँग उनले संसदमा सांसद्हरुले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेकाे जनाएकाे छ। त्यसैगरी आगामी सन् २०२४ मा हुने लोकसभा निर्वाचनको तयारी र रणनीतिका बारेमा पनि कुराकानी भएको सांसदहरुले जानकारी दिएका छन्। चार दिने दिल्ली बसाइका क्रममा मुख्यमन्त्री बेनर्जीले राष्ट्रपति द्रोपदी मुर्मुसँग पनि भेटवार्ता गरेकी छन्। उनी नीति आयोग सञ्चालक परिषद्को बैठकमा सहभागी हुने सम्भावना पनि रहेको छ। प्रधानमन्त्रीले अध्यक्षता गर्ने आयोगको अघिल्लो बर्षको बैठकमा भने उनले सहभागिता जनाएकाे थिएन। दिल्लीमा रहेका बेला उनले अन्य उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग पनि छलफल गरेकी छन्।