एन्फा बैठक एजेण्डामा प्रवेश नगरी स्थगित

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ८,

मुलुकमा अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनः स्थगित भएको छ। एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो। यसअघि सोमबार बस्ने भनिएको उक्त बैठक एन्फा अध्यक्ष नेम्वाङ बिरामी भएको कारण स्थगित भएको थियो। बैठक स्थगित भएपछि कार्यसमितिको पहिलो बैठकले नियुक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई विधानविपरीत नियुक्ति गरेको भन्दै तत्काल बरर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित १२ जनाले निवेदन दर्ता गरेका थिए। आजको बैठकले एन्फा प्रवक्ता, प्रमुख कार्यकारी अधिकृत, तीन सहमाहसचिव नियुक्ति एवं महिला साफ च्याम्पियनसिपलगायतको विषयमा निर्णय लिने बताइएको थियो। एन्फा अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष नेम्वाङले बैठक स्थगित भएको जानकारी गराएका थिए।

Like