परराष्ट्र सम्बन्ध कमजोर बनेकोमा राजेन्द्र लिङ्देनको चिन्ता

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३२,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको उहाँको भनाइ छ । सबै दलहरूसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन अध्यक्ष लिङ्देनले सरकारसँग आग्रहसमेत गर्नुभयो । पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने लिङदेनको दाबी छ । अध्यक्ष लिङ्देनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने बताउनुभयो ।

Like