अन्तरघात गरेकाे भन्दै एमालेद्वारा गल्याङ नगरका पूर्वमेयरलाई कारबाही
रासंसा/स्याङ्जा, आषाढ ३२,
मुलुकमा गल्याङ नगरपालिकाका पूर्वमेयर रहेका नेकपा (एमाले) जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई पार्टीले अनुशासनको कारबाही गरेको छ । दुईपटक सोधिएको स्पष्टिकरणको जवाफ नदिएपछि शुक्रबार जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै कारबाही गरेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ । असार १३ गते बसेको पार्टीको जिल्ला कमिटी बैठकले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा अन्तरघात गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने र कारबाही गर्ने निर्णय गरेको थियो । असार २० गते तीन दिनभित्र स्पष्टिकरणको लागि पत्राचार गरिएकोमा कुनै जवाफ नआएपछि पुनः असार २८ दुई दिनको सयसीमा दिएर स्पष्टिकरण सोधिएको थियो । तर, उक्त पत्रको पनि जवाफ नआएको अध्यक्ष गैरेले बताउनुभयो । यता, कारबाहीमा परेका अधिकारी भने आफूले पाटीको विधि, विधानमा रहेर काम कारबाही गरेको र पार्टी अनुशासनभन्दा बाहिर नगएको जिकिर गरेका छन् ।