नेपालि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
रासंसा/काठमाण्डौ, आषाढ ३२,
मुलुकमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो। आजको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले र केही पदाधिकारीले जवाफ दिने छन्। सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ। काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरू भएको थियो।
Like