नागरिक लगानी कोषले बढायो ब्याजदर
रासंसा/काठमाण्डौ, आषाढ ३२,
मुलुकमा नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको छ । कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । यसैगरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
Like