दुई देशबीच अमेरिकी राष्ट्रपतिको साउदी भ्रमणमा १८ सम्झौता
एजेन्सी,
विश्वमा अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी अरब भ्रमणमा शुक्रबार दुई देशबीच ऊर्जा, लगानी, सञ्चार र स्वास्थ्य क्षेत्रमा १८ वटा सम्झौतामा हस्ताक्षर भएको छ । साउदी अरेबिया र अमेरिकाले ५जी नेटवर्क, उन्नत साइबर सुरक्षा र अन्तरिक्ष अन्वेषणसहित भविष्यका धेरै उद्योगहरूमा सहकार्य गर्नेछन्। साउदी अरेबियाले जुनमा जी७ शिखर सम्मेलनमा घोषणा गरेको ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेस्टमेन्ट फर पार्टनरसिप अन्तर्गत परियोजनामा लगानी गर्न प्रतिबद्ध रहेको बताइएको छ। यसका साथै साइबर सुरक्षाको क्षेत्रमा दुवै देशले गम्भीर खतरा र दुर्भावनापूर्ण गतिविधिलाई आदान प्रदान गर्न पहिलेदेखि नै विद्यमान द्विपक्षीय सम्बन्धलाई विस्तार गर्नेछन्। विज्ञप्तिमा भनिएको छ, ‘यो कदमले दुवै देशको साझा सुरक्षालाई बढावा दिनेछ।’ उनले शुक्रबार साउदी राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । त्यसपछि दुई देशबीच यी सम्झौताको घोषणा भएको हो । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार दुई देशबीच भएको सम्झौताले फाइभजी प्रविधिका लागि साउदी र अमेरिकी प्रविधि कम्पनीहरूलाई जोड्न स्थानीय रूपमा खुला, भर्चुअल र क्लाउडमा आधारित रेडियो नेटवर्क प्रयोग गर्नेछ।