बनभोज कार्यक्रममा प्रसंसा पत्र वितरण

Share to:

रासंसा/भक्तपुर, आषाढ १९,

मुलुकमा स्वयंसेवी रक्तदाताहरूलाई कुनै न कुनै काेणबाट अादर,सम्मान,ईज्जत् तथा उत्प्रेरणा जगाई राख्नु हामी सबैको दायित्व हाे भन्ने महशुस गर्दै, पालकाे एक मात्र व्यवस्थित एवं अनुभवी प्रशिक्षकद्वारा सञ्चालित अक्सफोर्ड जिम एण्ड फिट्नेश सेन्टरबाट नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सूर्यबिनायक नगरपालिका वडा नम्बर ६ मा अवस्थित सूर्यबिनायक हाेम स्टे भ्यूटावर रिसाेर्टमा स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण एवं बनभाेज कार्यक्रमकाे आयाेजना गरि सम्मान तथा धन्यवाद ज्ञापन प्रदान गरिएको छ । ७७ जना सहभागी हुनुभएको साे सम्मान तथा धन्यवाद ज्ञापन एवं वनभाेज कार्यक्रमलाई अक्सफोर्ड जिम एण्ड फिट्नेश सेन्टरका अध्यक्ष निर्मला श्रेष्ठले सभापतित्व गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपालमा पहिलोपटक आयोजित १६ औं धर्मश्री ओमेन्स् फिजिक्स् प्रतियोगितामा रजत पदक बिजेता लूना श्रेष्ठ र मिष्टर काठमाण्डौ हुँदै मिष्टर नेपालकाे उपाधि हाँसिल गर्नुहुने उदयबहाुर श्रेष्ठ द्वय अतिथि रहनु भएको साे कार्यक्रमकाे कार्यक्रम सञ्चालन नारायण महर्जनले गर्नुभएको थियो ।

Like