बिस्ना र निलिमा फाइनलमा

Share to:

रासंसा/कैलाली आषाढ १८,

मुलुकमा धनगढी रंगशालामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री ब्याडमिन्टन प्रतियोगिताको महिलातर्फ उमेर समूह यु–१९ को फाइनलमा कंचनपुरकी बिस्ना बिस्ट र कञ्चनपुरकै निलिमा महरा पुगेकी छन् । प्रतियोगितामा नौ वटै जिल्लाका चार जना महिला र चार जना पुरुष खेलाडी र एक जना व्यवस्थापक गरी ७२ जना खेलाडी तथा ९ जना व्यवस्थापक सहभागी रहेका छन् । प्रतियोगितामा १९ बर्षमुनि र १५ बर्षमुनिका महिला तथा पुरुष गरी चार विधामा प्रतिस्पर्धा भइरहेको छन् । कंचनपुरकि निलिमा महराले कैलालीकि एलिना सुनारलाई २÷१ को सेटले हराउँदा फाइनल पुगेकी हुन भने कंचनपुरकि बिस्ना बिस्टले कैलालीकि ऐश्वर्य सिंहलाई २÷० को सेटले हराउँदै फाइनल पुगेकी हुन् ।

Like