रोचक प्रसंग दुबईका राजकुमारको कारमा चराले गुण लायो

Share to:

एजेन्सी,

विश्वमा ‘चराले जहाँ गुँड बनाउँछ, त्यो नै उसको घर हो’ यो प्राकृतिक नियम पनि हो। यस अर्थमा हाम्रो घरमा गुँड बनायो भन्दैमा हामी चराको गुँड भत्काउन पाउँदैनौं। यहि प्राकृतिक नियमलाई मानेकै कारण दुबईका राजकुमार यति बेला सामाजिक संजाल तथा इन्टरनेटमा प्रशंसाको पात्र बनिरहेका छन्।
खासमा, दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन रशीद अल मकतूमको एक कारमा चराले गुँड बनाएको थियो। गुँडमा चराले अण्डा समेत पारेको थियो। छिट्टै आमा बुबा बन्ने तयारीमा रहेका उक्त जोडी चराको घर उनले बिगार्न चाहेनन्। न त उनले गुँड सार्ने सोच नै लिए। चराको गुँड भत्काउन उचित नहुने भन्दै उनले उक्त कार प्रयोग गर्न नै छाडिदिए। उनले चराको गुँडको सुरक्षाको लागि कारको वरिपरी रातो डोरी पनि बाँधीदिए।

Like