स्वतन्त्र पत्रकार संघ नेपालको पहिलो बैठक गैडाकोटको सहमतिमा सम्पन्न

Share to:

रासंसा/नवलपुर, आषाढ १४,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपालको पहिलो बैठक गैडाकोटको सहमतिमा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको दशौँ साधारणसभा तथा चौथो महाधिवेशन मौलाकालिका मन्दिर परिसरबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठक संघका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको आध्यक्षतामा प्रस्तावित प्रस्तावहरुमाथि छलफल गरि निर्णय निकाली सर्वसम्मत पारित गरिएको संघका महासचिव महेश विक्रम कुँवरले हामीलाई जानकारी दिनुभयो । बैठकमा वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, उपाध्यक्ष बिरेन्द्र पाण्डे, महिला उपाध्यक्ष लक्ष्मी गुरुङ, महासचिव महेश विक्रम कुँवर, उपमहासचिव त्रय सुरेश श्रेष्ठ, कल्याण पन्त र रत्न काजी प्रजापति, कोषाध्यक्ष बद्रि बहादुर दुलाल, राष्ट्रिय सदस्यहरु प्रेम बुढाथोकी, निर्मला पोख्रेलको उपस्थितिलगायत माता भद्रकाली, चितवन जिल्ला पुर्व अध्यक्ष सुर्य प्रकाश कंडेल, रुपन्देही जिल्ला सचिव बिनोद बिस्टको विशेष उपस्थिति थियो ।
बैठकमा विभिन्न प्रस्तावहरुमाथि छलफल गरि आगामी श्रावण ६ गते पोखरामा जिल्ला अध्यक्ष तथा सचिवहरुको भेला गर्ने र सोहि भेलामा राष्ट्रिय समितिलाइ पूर्णता दिने निर्णय पारित गर्दै सामाजिक पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत वरिष्ठ पत्रकार भूपनिधि पन्तलाइ सम्मान गर्ने निर्णय भएसंगै गत ज्येष्ठ २१ र २२ गते सम्पन्न चौथो महाधिवेशनमा सहभागी सबै तह पदीय महानुभाव तथा संघ संस्थाहरुलाई आभार प्रकट गर्दै धन्यवाद दिइयो । यस्तै संघको नयाँ कार्यसमितिको बैंक खाता समितिका अध्यक्ष, महासचिव र कोषाध्यक्ष मध्ये कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुने गरि संचालन भै रहेको खाता संचालन गर्ने पनि निर्णयार्थ पारित गरिएको छ । यसरि नै संघको सम्पर्क कार्यालय नवलपुर जिल्लाको गैडाकोटमा र राजधानीस्थित काठमाण्डौमा स्थापना गर्ने भनि सर्वसम्मत पारित गर्दै सबै जिल्ला शाखाहरुका लागि जिल्ला प्रशासन कार्यालयमा सुचिकृत गर्ने र सबै जिल्लाहरुका सबै पदीय सदस्यहरुको विवरण उपलब्ध हुने गरि स्वतन्त्र डाईरी प्रकाशन गर्ने भनि सर्वसम्मत पारित गरेको संघका उपमाहासचिव सुरेश श्रेष्ठले जानकारी दिनुहुदै स्वतन्त्र संदेश प्रकाशनका लागि संघका उपमहासचिव कल्याण पन्तलाई सम्पादनको कार्य जिम्मा दिने निर्णय गरेको बताउनुभयो । संघका पदाधिकारीहरुले रेडियो विजय तथा विजय सहकारीका उत्पादक कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै आदर्श समाज राष्ट्रिय दैनिक कार्यालयको अवलोकन गरेका थिए ।

Like