समस्याका बावजुदमा पनि तलब वृद्धि गरेका छौं, राष्ट्रसेवक कर्मचारीहरु थप लगनशिल हुनुस् – प्रधानमन्त्री

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २९,

मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुलाई थप लगनशिल भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस निकट ट्रेड युनियनको सम्मेलनमा आइतबार बोल्दै उनले राष्ट्रसेवक कर्मचारीको तलबसमेत वृद्धि गरिएको अवस्थामा थप लगनशिल हुन आग्रह गरेका हुन्। ‘आर्थिक समस्याबाट गुज्रिरहेको अवस्थामा पनि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि भएको छ। यसले कर्मचारीहरुमा थप लगनशिल बन्नुहुन्छ भन्ने विश्वास छ,’ प्रधानमन्त्री देउवाले भने। ‘हरेक नागरिकले उचित श्रम अध्यास र पारिश्रमिक पाउनुपर्छ। सरकारले प्रत्येक नागरिकलाई सुरक्षित रोजगारी उपलब्ध गराउँछ,’ उनले भने। श्रम बजारलाई चलायमान बनाउन हरेक श्रमिकलाई रोजगारी दिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। उनले सरकार ट्रेड युनियनसँग समन्वय गरेर अगाडि बढ्ने र उसले उठाएको विषयवस्तु क्रमशः सम्बोधन गर्दै लैजाने बताए। उनले हरेक नागरिकले उचित श्रम अध्यास र पारिश्रमिक पाउनुपर्ने बताए।

Like