पर्वतारोहण संघको अध्यक्षमा निमा निरु शेर्पा निर्वाचित

Share to:

रासंस्सा/काठमाण्डौ, ज्येष्ठ २८,

मुलुकमा नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा निरु शेर्पा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनबाट शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रत्यासी राजेन्द्र मान श्रेष्ठले १२२ मत ल्याए। शेर्पा वायुसेवा सञ्चालक संघको तृतीय उपाध्यक्षसमेत हुन्। त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा याङजुम शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचत भएका छन्। त्यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन्। अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको संघले जनाएको छ। नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो। संको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए।

Like