Saturday, October 17, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

सातामा नेप्से ३०.५४ अंकले गिरावट

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २९,

मुलुकमा शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३० दशमलब ५४ अंकले गिरावट आएको छ । अघिल्लो साता १ सय ४५ दशमलब शून्य ८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३० दशमलब ५४ अंकले घटेको हो । गत साताको अन्तिम कारोबार शुक्रवार २०७८ दशमलब ७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म घटेर २०४८ दशमलब १६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको शेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो । पछिल्लो समय शेयर बजार लोमो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिव ११ सय ५० दशमलब ६७ अंकले गिरावट आएर २०४८ दशमलब १६ अंकको बिन्दुमा झरेको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको ४, १२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि पनि बजार सुधार हुन सकेको छैन । त्यस्तै, नेप्से परिसूचकमा ३० अंक भन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ ।

Like