साप्ताहिक ध्यान शिविर कार्यक्रम समापन
रासंसा/ललितपुर, ज्येष्ठ २५,
शरीर माध्यम खलु धर्म साधनम प्राणायाम परमतपह योग ध्यानम महायज्ञम समाधि मोक्षस्थिति । विश्व शान्ति ध्यान केन्द्र नेपालले साप्ताहिक ध्यान शिबिर कार्यक्रमको आयोजना गरि आज समापन कार्यक्रम समापन गरेको छ । ललितपुरमा ध्यान केन्द्रका सचिव राम प्रसाद शर्माको सभापतित्वमा भएको समापन कार्यक्रममा विश्व शान्ति ध्यान केन्द्र नेपालका अध्यक्ष एवं स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्रको प्रमुख आतिथ्यतामा समापन भयो । कार्यक्रममा सोहि ध्यान केन्द्रका उपाध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसी एवं पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य तथा धार्मिक समितिकी संरक्षंक माता भद्रकालीको विशेष अतिथिको आतिथ्यता थियो ।

यस्तै अतिथिहरुमा सभा द नेशन अनलाइन टेलिभिजनका अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, तनहुँ टेलिभिजनका संचालक राजु खनाल, पतंजली योग साधनाकी प्रशिक्षक बिजु पन्त, प्रभ शर्मा, रेणु खनाल, बुद्द लक्ष्मीको उपस्थिति थियो । यहि ज्येष्ठ १९ गतेदेखि स्वामी कल्याण मित्रको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको ध्यान शिबिर सात दिन सम्म संचालन हुँदा प्रशिक्षार्थी नगेन्द्र लामा, लेप पुर्जा, पदम दास सर्दुंग र स्मृति सन्देहको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथि गणहरुले आफ्नो विचारहरु मन्तब्य दिदै विश्व शान्ति ध्यान केन्द्रले अब यस्ता ध्यान शिविरहरु नियमित रुपमा गरे प्रशिक्षार्थीहरुको ध्यान केन्द्रित हुने र मनोबल बढ्ने बताउनु भएको थियो । माता भद्रकालीले उपस्थित सबैमा आशिर्वाद दिनुभएको थियो ।