शीर्ष नेतालाई जिम्मेवारीकासाथ मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २२,

मुलुकमा नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ । शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधारले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको भन्दै त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको जानकारी दिनुभयो । मन्त्रीहरूलाई ६ महिना भनेर पठाएको, त्योभन्दा बढी भएकाले शीर्ष नेताहरूले उहाँहरुसँग बसेर छलफल गरी निर्णय लिने उहाँले बताउनुभयो । अहिले संघीय सरकारमा नेकपा एसबाट पाँच मन्त्री र एक राज्यमन्त्री सहभागि छन् । बाम गठबन्धनको विषयमा भने कुनै चर्चा नभएको तुलाधारले जानकारी दिनुभयो ।

Like