वृद्धभत्ता एमालेको ब्राण्ड हो : पूर्वअर्थमन्त्री पाण्डे

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १८,

मुलुकमा पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वृद्धभत्ताको जति कुरा गरेपनि एमालेको ब्राण्ड भएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै पाण्डेले वृद्धभत्ता ६८ मा झारेपनि ५८ मा झारेपनि केहि फरक नपर्ने बताएका हुन्। उनले भने,‘वृद्धभत्ताको जति कुरा गरेपनि त्यो एमालेको ब्राण्ड जस्तो हुन्छ। वृद्धभत्ता तपाईं ६८ मा झार्नुस् ५८ मा झार्नुस् केहि फरक पर्दैन। किनभने जनयुद्धमा हाम्रो दाबी पुग्दैन, माओवादी कै पुग्छ। राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन त्यो कांग्रेसको दाबी पुग्छ।’ उनले थपे, ‘ठिक त्यसैगरी त्यो वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ। एमालेलाई नै मान्छेले चै स्याबास गर्छन्, ठोक्छन् ताली ठोक्छन् । त्यसैले केहि फरक पर्दैन’ पाण्डेले संकट एकातिर बजेट अर्कोतिर भएको टिप्पणी गरे। उनले स्थानीय चुनाव र आउने चुनावमात्र देखेर बजेट सरकारले बनाएको आरोप लगाए। पाण्डेले घोषणा पत्र अनुसार ५ हजार किन नपुर्‍याएको भनेर प्रश्न गरे।‘तपाईले आफैंले पनि ५ हजार पुर्‌याउँछु भनेर हिजो घोषणा पत्रमा बोल्या होइन र ? ५ पुर्‍याएको भए अझ राम्रो हुन्थ्यो नि, किन गर्नु भएन ? त्यसमा चाहिँ बरु गुनासो छ।’

Like