जुम्लामा पेटबाट सिङ पलाएको भेडा भेटियो

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १२,

सामान्यतया तपाईले भेडा बाख्राको टाउकोमा सिङ आएको त देख्नु भएकै होला । तर जव,भेडाको पेटबाट सिङ पलाउन्छ तव आश्चर्य हुदो रहेछ । यद्यपि विचित्र दुििनयाँमा यस्ता आश्चर्यजनक घटना नभएका भने होईनन । हो, हालै जुम्लाको तातोपानी गाउँपािलका वडा नम्वर ७ ताम्तीमा यस्तै तथ्य फेला परेको छ । ताम्तीमा दशकौं देखि भेडा पालन गर्दै आएका दल बहादुर रावतको भेडा बगालमा अहिले एउटा पेट बाट सिङ निस्केको भेडा छ, जो सबैका लागि आश्चर्यजनक र रोचक बनेको छ । भेडा पालक रावतकानुसार भेडा पालन गरेयता यस्तो कहिल्यै भएको थिएन । उनले केहि दिन मात्र अघि जात्राको समयमा उक्त भेडा लाई प्रर्दशनका लागि गाउँ बाट सदरमुकाम पुर्याएका थिए । भेडा यस्तो हुनुमा देवताको रहस्य भएकोे भन्ने विश्वासका साथ सयौंले दर्शन गरेका थिए । भेडा देखेर सबैले अचम्म लागेको प्रतिक्रिया दिएको भेडा पालक दल बहादुर रावतले बताए । ‘सुरुमा त पेटमा केहि चोटका कारण ठोस बस्तु देखिएको हो भन्ने लाग्यो, रावतले भने ’पछि ठुला आकार लिए पछि मात्र सिङ हो भन्ने अडकल भयो । उनले के कारण ले यस्तो भएको हो भन्ने अझै अन्यौल भएको बताए ।

Like