आज पनि सुनचाँदीको मूल्य स्थिर

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १०,

मुलुकमा साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Like