अछाम जिल्लाको साँफेबगरमा जेठ ६ गते पुन निर्वाचन गर्ने आयोगको निर्णय
रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,
मुलुकमा निर्वाचन आयोगले जेठ ६ गते अछामको साँफेबगरमा अर्को चुनाव गर्ने निर्णय गरेको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा विवादका कारण स्थगित भएको निर्वाचन पुन निर्वाचन गर्न लागिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिनुभएको हो । यस्तै विवादका कारण स्थगित भएका ५ स्थानमा जेठ १ गते, ७ स्थानमा जेठ २ गते ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भएको आयोगले शर्माले जानकारी दिनुभयो । जेठ ६ गते अछामको साँफेबगरमा पुन मतदान हुने र उदयपुरको त्रियुगा वडा नम्बर १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सन्र्दभमा आयोगबाट निर्णय हुन बाँकी रहेको उहाको भनाई थियो ।
Like