२९ हजार ३०३ प्रतिनिधि निर्वाचित हुँदा ५७० पालिकाको परिणाम सार्वजनिक

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,

मुलुकमा स्थानीय तह निर्वाचनअन्तर्गत बिहीबार दिउँसोसम्म २९ हजार ३०३ प्रतिनिधि निर्वाचित हुँदा ५७० पालिकाको परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलन गरेर ५७० तहको मतगणना सम्पन्न भएर नतिजा आएको जनाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७४/१७४ मेयर र उपमेयर र ३९६/३९६ अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको जानकारी दिनुभयो । उहकाअनुसार ५ हजार ६५९ वडाध्यक्ष निर्वाचित भएका छन्। यस्तै महिला सदस्यमा ५ हजार ६५३ जना निर्वाचित भएका छन्। दलित महिला सदस्यमा ५ हजार ५५६ जना निर्वाचित भएका छन्। अन्य वडा सदस्य १ हजार २९५ जना निर्वाचित भइसकेका छन्। यो गरेर कुन २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ। ७५३ स्थानीय तहमा कुल ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनुपर्छ। अझै करिब ६ हजार जनप्रतिनिधि निर्वाचित गराउन मतगणना चलिरहेको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार ८० प्रतिशत हाराहारीको मतपरिणाम आइसकेको र साँझसम्म ८५ प्रतिशत पालिकाको नतिजा आउने बताउनुभयो। विभिन्न कारणले सम्पन्न हुननसकेको मतगणना स्थलमा बढीभन्दा बढी गणक परिचालन गरेर गणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। पुन: चुनाव हुने र भएका स्थलमा मतपेटिका प्राप्त भएको चार दिनभित्र मतगणना सकिनेगरी निर्देशन दिइएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

Like