Saturday, October 17, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा २५ हजार मत गनियो, १९ उम्मेदवारले १ भोट पनि पाएनन्

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ३,

मुलुकमा काठमाडौं महानगरपालिकामा हालसम्म २५ हजार ९४ मतगणना सकिएको छ । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् । उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् भने स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् । रोचक त के छ भने काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकामध्ये १९ उम्मेदारले हालसम्म एक मत पनि पाउन सकेका छैनन् । यसरी शून्य मत ल्याउनेमा चुनाव चिह्नहरु कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु, फ्रक, चौबन्दी चोलो, खसीको टाउको, बदेल र ग्यास सिलिन्डर भएका पाएका उम्मेदवारहरु रहेका छन् । यस्तै एक मत मात्रै ल्याउने उम्मेदवार पनि उल्लेख्य देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मध्याह्न सार्वजनिक गरेको विवरण अनुसार वडा नम्बर १,२,३,४,५,६, ३१ र ३२ को मतगणना गर्दा यस्तो तथ्य देखिएको हो । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा गत शनिबारदेखि जारी छ ।

Like