नेपाललाई उमा कुङफुमा तीन स्वर्ण
एजेन्सी,
उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र गुरुङले एक स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिकासमेत निर्वाह गर्नुभएको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए । सञ्जयले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनले छाङ छ्वानमा ९.७ तथा वेपनमा ९.८ अङ्क जोड्दै शीर्ष स्थान हात पारे । सञ्जयले यसअघि अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बङ्गलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
Like