गठबन्धनलाई उछिन्दै कलैया उपमहानगरमा एमाले अगाडि

Share to:

रासना/बारा, ज्येष्ठ १,
मुलुकमा कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार बिनोद साह अगाडि देखिएको छ । उपमहानगरको वडा नं १ र २ मा भईरहेको मतगणनामा एमालेका उम्मेदवार बिनोद साहले एक हजार १७७ मत ल्याएका छन् भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् । त्यस्ते उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले ६०२ मत ल्याएका छन् । उपमहानगर वडा नं १ कलैया बजार क्षेत्र एमालेको पुरानो गढ क्षेत्र हो । कलैया उपमहानगरका सहायक निर्वाचन अधिकृत ईन्द्र कुमार योङहाङले असाध्यै सुस्त गतिमा मत गणना भइरहेको गुनासो गरेका छन् ।

Like