Monday, October 19, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

गठबन्धनको चुनावी सभा शान्ति वाटिकामा सत्ता सुरु

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २३,

मुलुकमा पाँच दलीय सत्ता गठबन्धनले काठमाडौमा आयोजना गरेको संयुक्त चुनावी सभा सुरु भएको छ । चुनावी सभा रत्नपार्कस्थित शान्ति वाटिकामा सुरु भएको हो । सभामा काठमाडौं महानगरसहित आसपासका गठबन्धनका उम्मेदवार सहभागी छन् । सभालाई सत्तारुढ पाँच दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने तयारी छ ।

Like