विप्लव–विश्वकर्मा ओलीतिर, ओली–बास्तोलाको नजर वैद्यतिर,

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २१,

मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा विवाद बढ्दै जाँदा एकले अर्कालाई कारबाही गर्ने होड चलेको छ । परिणामस्वरूप सो पार्टी दुई ध्रुवमा विभाजित देखिएको छ । पार्टीमा सबैभन्दा पहिले गत वैशाख १२ गते सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पार्टी नीति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएका कार्यकर्तालाई फिर्ता हुन भन्दै विज्ञप्ति जारी गरेपछि आन्तरिक विवाद छताछुल्ल भएको थियो । पार्टी केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यसहित जिल्ला तहका नेताले निर्वाचनमा भाग नलिने, यदि लिएमा पदबाट राजीनामा दिने निर्णय गरे पनि कार्यान्वयन नभएपछि प्रेस वक्तव्यमार्फत बास्तोलाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारबाही गरे लगत्तै ओली र बास्तोला पक्षले पनि विप्लव पक्षलाई कारबाही गर्दै पार्टीको आधिकारिकता दाबी गर्नतिर लागेको छ । विप्लवले ओली र बास्तोला दुवैलाई पार्टीबाट निकालेको दोस्रो दिन वैशाख १६ गते भेला बसेर जनवर्गीय सङ्गठनहरूले कारबाही फिर्ता लिन दबाब दिएका थिए । तर विप्लवले उनीहरूमाथिको कारबाही फिर्ता लिएनन् । पार्टी निर्णय कार्यान्वयन गर्दै स्थानीय तहका उम्मेदवारी फिर्ता लिएर सहज वातावरण बनाउनु पर्ने आशयको विज्ञप्ति बास्तोलाले निकाले लगत्तै वैशाख १४ गते विप्लवले ओली र बास्तोलालाई कारबाही गरेका थिए । पार्टी नीति विपरीत वक्तव्य निकाल्ने र मिडियामा आलोचना गरेको भन्दै दुवैलाई उनले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जानकारी दिँदै वक्तव्य जारी गरेका थिए ।

Like