Saturday, October 17, 2026
Latest:
अन्य थपदेशमुख्य समाचारविश्वसमाचारस्पेसलहेडलाइन

११९ बर्षको उमेरमा विश्वकै सबैभन्दा जेष्ठ नागरिकको निधन

Share to:

एजेन्सी,

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ। जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो। नसिङ होममा रहँदा उनले बोर्ड गेम्समा रमाउथिन् भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्थिन्। त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थिन्।उनी बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिईन्। उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिईन्।जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनी बस्दै आएकी थिईन्। उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउँदै आएका थिए। उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो। विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो। त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुसीको क्षण भएको बताएकी थिईन्। उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिईन्। उनले चार सन्तान जन्माएकी थिईन्।खेलकुदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिईन्। तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन।

Like