गृहमन्त्रीको अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ८,

मुलुकका गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन् । ललितपुरका ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार उक्त विष्फोटमा भारत घर भई त्यहाँ कार्यरत बृजमोहन महतोको मृत्यु भएको छ। विष्फोटमा छ जना घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकको उद्धार गरेको छ। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न निर्देशन दिएका हुन्।

Like