वाक कार्यक्रम नवौं हेरिटेजको सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ४, ,

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि साँस्कृतिक सम्पदा प्रबर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । हेरिटेज सोसाइटीको सहकार्यमा भएको कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरू गरी लगभग ५०० जनाको सहभागिता रहेको थियो । एनएमबि बैंकले शनिवार नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको बैंकले जनाएको छ । वाक बबरमहलबाट शुरु भई वसन्तपुर डवलीसम्म पुगि समापन भएको थियो । उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानिय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम अन्य प्रदेशमा समेत गरिएको छ । उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वकोबारे प्रकाश पार्दै वक्तव्य दिएका थिए । यस्तै एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिनुका साथै बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

Like