कांग्रेस, एमाले र माओवादीलाई निर्वाचनमा भाेट दिए देश बर्बाद हुन्छ: राजेन्द्र लिंग्देन
रासंसा/काठमाण्डौ, चैत्र २५,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भाेट दिए देश बर्बाद हुने टिप्पणी गर्नुभएको छ । (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको भन्दै पूँजी काला व्यापारी र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थन्किएको जिकिर समेत गर्नुभयो । राप्रपाले आज (शुक्रबार) काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा पुराना पार्टीलाई मत दिएर गल्ती नदोहोर्याउन आग्रह समेत गर्नुभएकाे छ । अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको शिकार भएको दावी गर्नुभएकाे छ ।
Like